दफा
प्रस्ताव छनौट गर्ने
(१) दफा ६ बमोजिम प्रस्ताव प्राप्त भएपछि नेपाल सरकारले प्रस्ताव प्राप्त भएको मितिले साठी दिनभित्र देहायका आधारमा प्रस्ताव छनौट गर्नेछ ः–
(क) प्रस्तावकको आर्थिक हैसियत,
(ख) प्रस्तावकको प्राविधिक क्षमता,
(ग) परियोजनाको वातावरणीय अध्ययन प्रतिवेदन,
(घ) नेपाल सरकारलाई बुझाउने प्रस्तावित रोयल्टी रकम,
(ङ) परियोजना कार्यान्वयन गर्दा उपभोक्तासँग लिने प्रस्तावित शुल्क,
(च) तोकिए बमोजिमका अन्य विवरण ।
(२) उपदफा (१) बमोजिम प्रस्ताव छनौट सम्बन्धी आधार नेपाल सरकारले प्रस्ताव पेश गर्नु अघि प्रस्तावकलाई उपलब्ध गराउनेछ ।
(३) उपदफा (१) बमोजिम प्रस्ताव छनौट गरेपछि नेपाल सरकारले त्यसको जानकारी छिटो साधनद्वारा छनौट भएको प्रस्तावकलाई दिनु पर्नेछ ।